 
																						फाइल तस्वीर								
											News Summary
Generated by OK AI. Editorially reviewed.- सुन्धारा कारागारबाट भागेका ६५ वर्षीय दक्षिण अफ्रिकी नागरिक ज्याक्विस एन्टेन एंगल ब्रेफको मृत्यु भएको छ।
- उनी ओम सुविधा गेष्टहाउसको चौथो तलाबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए।
- जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट ३३ सय कैदी फरार भएका थिए।
३० भदौ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका एक विदेशी कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दक्षिण अफ्रिकी नागरिक ६५ वर्षीय ज्याक्विस एन्टेन एंगल ब्रेफ छन् ।
सुन्धारामा रहेको ओम सुविधा गेष्टहाउसको चौथो तलाबाट हामफाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।
२४ भदौको राति कारागारबाट भागेका उनलाई पक्राउ गर्न प्रहरी उक्त गेष्टहाउसमा पुगेको थियो । त्यसपछि उनले चौथो तलाबाटै हामफालेका थिए । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4