 
																			३० भदौ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली नागरिकलाई भिजिट भिसा दिन कडाइ गरेको छ । जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिपछि युएईले भिजिट भिसा दिन कडाइ गरेको हो ।
यूएईस्थित नेपाली राजदूतावासले यसबारे औपचारिक जानकारी भने दिएको छैन । अनौपचारिक रूपमा भने दूतावासका अधिकारीहरुले भिजिट भिसामा कडाइ गरिएको बताएका छन् ।
‘धेरै नेपालीहरूले भिसा नपाएको जानकारी पाएका छौं । तर, त्यसको कारण दूतावासमा आधिकारिक जानकारी आइसकेको छैन । बुझ्ने काम भइरहेको छ,’ ती अधिकारीले भने ।
यूएईले विगत लामो समयदेखि यूएईको दुबईबाट भिजिट भिसा आवेदन दिन बन्द गरेको थियो । शारजाहबाट भिसा दिन पहिल्यैदेखि कडाइ थियो । तर जेनजी युवाको प्रदर्शनमा भड्किएको हिंसापछि थप कडाइ भएको अनुमान गरिएको छ ।
ट्राभल एजेन्सीहरूले दिएको जानकारी अनुसार, नेपालीले दिएको भिजिट भिसा आवेदन स्वीकृत नभएर फर्कन थालेका छन् ।
नेपालबाट सबैभन्दा बढी भिजिट भिसामार्फत यूएई जाने गरेका छन् । नेपालबाट भिजिट भिसामार्फत जाने र उताबाट अन्य देशमा घरेलु कामदारको रूपमा जाने गरेको पनि पाइएको छ ।
विशेषगरी नेपाली महिलाहरूलाई घरेलु कामदारको रूपमा कुवेत, ओमान, बहराइन लगायतका देशमा पठाउन यूएईसम्म भिजिट भिसामार्फत पठाउने गिरोह सक्रिय रहेको पाइन्छ ।
(यसअघि समाचारमा यूएईले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएको भन्ने शब्दावली पर्न गएकाले सच्याइएको छ । सं. )
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4