
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘बलिदान’को शीर्ष गीत ‘यो ज्यान बलिदान’ लिरिकल शैलीमा सार्वजनिक गरिएको छ।
- गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण चित्रण गरिएको छ।
- फिल्म असोज १३ गते दशैं फूलपातीको अवसरमा प्रदर्शन हुने तयारीमा छ।
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।
‘लिरिकल’ शैलीमा रिलिज गरिएको ’यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईंको छ । शब्द हर्क साउदले लेखेका छन् ।
गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ । गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ ।
सन्तोष सेन निर्देशित फिल्मको निर्मातामा पवन विष्ट र कार्यकारी निर्मातामा प्रेम पुरी छन् ।
समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासियाको अभिनय छ । यो फिल्म दशैं फूलपातीको अवसरमा असोज १३ गतेदेखि प्रदर्र्शन हुने तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4