
फाइल तस्वीर ।
३१ भदौ, बैतडी । वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार-५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए । उनले भने, ‘वर्षापछि सडक माथिबाट ठूलो पहिरो खसेको छ । सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध छ ।’
राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, काठमाडौँका साथै सदरमुकामसँगको सडक सम्बन्ध टुटेको छ । यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।
यसैबीच अवरुद्ध जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको छ । खोड्पे–बझाङ सडकखण्डको मुस्याखानमा पहिरो खस्दा अवरुद्ध राजमार्ग सञ्चालन आएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिP .
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4