१ असोज, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार हरियो धनियाँको भाउ बढेको हो ।
आज हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो ४६ रुपैयाँ बढेको छ ।
मंगलबार हरियो धनियाँ प्रतिकिलो ७० रुपैयाँमा कारोबार भएको थियो । आज बुधबार भने हरियो धनियाँ प्रतिकिलो १ सय १६ रुपैयाँमा कारोबार भइरहेको छ ।
साउन अन्तिम साता धनियाँ प्रतिकिलो ३ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।
असार पहिलो साता प्रतिकिलो ५४ रुपैयाँमा कारोबार भएको हरियो धनियाँ असार अन्तिम साता प्रतिकिलो ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4