News Summary
Generated by OK AI. Editorially reviewed.- वेस्ट इन्डिजका पूर्व क्रिकेटर इयान बिशोपले सेप्टेम्बर २७ देखि २९ सम्म यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजमा कमेन्ट्री गर्ने भएका छन्।
- बिशोपले भिडियो सन्देशमार्फत 'म ब्रोडक्रास्टिङ टिमको सदस्य हुन पाउँदा एकदम धेरै उत्साहित छु' भनेका छन्।
- सिरिजका सबै खेलहरू यूएईको शारजाह क्रिकेट स्टेडियममा हुनेछन् र नेपालको टोली घोषणा भइसकेको छ।
१ असोज, काठमाडौं । यही सेप्टेम्बर २७ देखि २९ सम्म यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजमा वेस्ट इन्डिजका पूर्व स्टार क्रिकेटर तथा हालका चर्चित कमेन्टेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन् ।
बिशोपले एक भिडियो सन्देशमार्फत उक्त सिरिजमा कमेन्ट्री गर्द उत्साहित रहेको बताएका छन् । ‘म ब्रोडक्रास्टिङ टिमको सदस्य हुन पाउँदा एकदम धेरै उत्साहित छु । यो सिरिज एकदम रोमाञ्चक हुने अपेक्षा राखेको छु । नेपालमा हुने सबैजनालाई अल द बेस्ट’ उनले भनेका छन् ।
बिशोपले यसअघि एकदिवसीय विश्वकप छनोटका बेला भएको नेपाल र वेस्ट इन्डिजबीचको खेलमा पनि कमेन्ट्री गरेका थिए भने सन् २०२४ को टी-२० विश्वकपमा पनि नेपालको खेलहरूमा कमेन्ट्री गरेका छन् ।
उनको साथमा अन्य वेस्ट इन्डिज कमेन्टेटरहरू पनि हुने अपेक्षा गरिएको छ । वेस्ट इन्डिजका भिभ रिचार्ड्स, ब्रायन लारा, डारेन गङ्गा, डारेन सामी, निखिल उच्चनदानीलगायतले कमेन्ट्री गर्दै आएका छन् ।
नेपाल र वेस्ट इन्डिजबीचको शृंखलाका सबै खेलहरू यूएईको शारजाह क्रिकेट स्टेडियममा हुनेछन् । शृंखलाका लागि नेपालको टोली पनि घोषणा भइसकेको छ ।
प्रतिक्रिया 4