+
+
Shares

कोदारी सडक समस्या समाधान गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १४:१३

१ असोज, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारी इको भन्ने स्थानमा रहेको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरोकारवालाहरूले माग गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग सरोकारवालाहरूले यस्तो माग गरेका हुन् ।

वडाध्यक्ष कुमार श्रेष्ठको टोलीले मन्त्री घिसिङसँग भेट्दै हरेक वर्ष दशैंको मुखमा व्यापारी र यात्रु यो सडकका कारण मर्कामा परेको गुनासो गरेको छ ।

यो सडकमा हुने सास्तीले तातोपानी नाका हुँदै हुने नेपाल–चीन व्यापार प्रभावित हुने गरेको छ ।

साथै कैलाश मानसरोवर जाने पर्यटकले समेत सास्ती भोगिरहेका छन् ।

यो सडकको समस्या दीर्घकालीन रूपमा समाधान गरी दिगो यातायात सञ्चालनको वातावरण बनाउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?