
१ असोज, काठमाडौं । कतारले गाजा कब्जा गर्नेगरी चलाएको स्थलगत आक्रमणको कतारले कडा शब्दमा निन्दा गरेको छ ।
बुधबार कतारी परराष्ट्र मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘गाजा नियन्त्रण गर्न इजरायलले सुरु गरेको व्यापक स्थलगत आक्रमणको कतार कडा शब्दमा निन्दा गर्छ।‘
विज्ञप्तिमा भनिएको छ, ‘कतार यसलाई भाइचारा सम्बन्ध भएको प्यालेस्टिनी जनताविरुद्धको युद्ध, नरसंहारको विस्तार र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लङ्घनका रूपमा लिन्छ।‘
कतारको परराष्ट्र मन्त्रालयले इजरायलले शान्तिका सम्भावनाहरूलाई कमजोर पार्ने गरी योजनाबद्ध रूपमा काम गरिरहेको आरोप लगाएको छ ।
मन्त्रालयले यो अवस्था अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतरापूर्ण रहेको र यसलाई रोक्न अन्तर्राष्ट्रिय एकता अपरिहार्य बताएको छ ।
कतारले फेरि एकपटक ‘दुई राष्ट्र समाधान‘ नीतिलाई समर्थन गरेको छ ।
इजरायलले गाजा सिटीमा भारती बमबारी गरिरहेको छ । गाजा सिटी नछाड्ने बताएका नागरिक पनि त्यहाँबाट भागिरहेका छन् । सहर छाड्नेक्रममा पनि त्यहाँ भएका बमबारीमा पनि सर्वसाधारण मारिइरहेका स्थानीय सञ्चारकर्मीहरूले बताइरहेका छन् ।
गत हप्ता कतारमा वार्तामा रहेका हमास अधिकारी लक्षित गर्दै इजरायलले बम हमला गरेको थियो । उक्त आक्रमणमा परी एक कतारी नागरिकसहित ६ जना मानिस मारिएका थिए ।
कतारमा ठूलो संख्यामा नेपालीहरू कार्यरत छन् ।
प्रतिक्रिया 4