+
+
Shares

आफूमाथि आक्रमण प्रयास भएको सुदन गुरुङको दाबी*

उनका अनुसार रानीबारीदेखी बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १५:३३

१ असोज, काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले आफूमाथि आक्रमण प्रयास भएको दाबी गरेका छन् ।

गुरुङको दाबीअनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो।

‘सिनामंगलको गल्ली-गल्ली पछि पनि खोजिराथे रे ! यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे,’ उनले अनलाइनखबरसँग भने ।

आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाउन चाहेनन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने यसबारे कुनै जानकारी नभएको बताए । ‘उहाँमाथि आक्रमण प्रयास भएको हामीलाई कुनै जानकारी छैन,’ ती अधिकारीले भने ।

गुरुङ हामी नेपाल नामक संस्थाका अध्यक्ष हुन् । विशेषगरी २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि उनी चर्चामा छन् ।

गुरुङ अन्तरिम सरकार निर्माणका बेलामा राष्ट्रपति कार्यालयमा भएको छलफलमा समेत सहभागी थिए । प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि उनी शपथ ग्रहण समारोहमा देखिएका थिए ।

प्रधानमन्त्री कार्कीलाई गुरुङले ढोगेको तस्वीरले सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।

* यसअघिको शीर्षक सच्याइएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?