+
+
Shares

मन्त्रीद्वय घिसिङ र अर्यालले गरे प्रहरी अस्पतालका घाइतेसँग भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १९:११

१ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक योजना तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरूसँग भेटवार्ता गरेका छन् ।

ऊर्जामन्त्री घिसिङको सचिवालयका अनुसार, भेटका क्रममा उनीहरूले घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ । यसअघि उनीहरूले आजै संघीय संसद् भवन र मन्त्री क्वार्टरको पनि अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?