
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीका ९० नायव उपरीक्षकहरुको सरुवा भएको छ र प्रहरी प्रधान कार्यालयले बुधबार राति सूचना जारी गरेको छ।
- काठमाडौंका प्रहरी वृत्तहरुमा मोहनमणि अधिकारी, प्रकाश श्रीमल, धनबहादुर बोहरालगायतलाई नयाँ जिम्मेवारी दिइएको छ।
- जेनजी युवा आन्दोलनपछि नेपाल प्रहरीका ४८ एसपीहरुको पनि सरुवा गरिएको छ।
२ असोज, काठमाडौं । नेपाल प्रहरीका ९० नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति एक सूचना जारी गर्दै ९० डीएसपीहरुको सरुवा गरेको हो ।
सो क्रममा काठमाडौंका केही वृत्त प्रमुखहरुको पनि सरुवा गरिएको छ । प्रहरी वृत्त स्वम्भूमा मोहनमणि अधिकारीलाई पठाइएको छ ।
प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमललाई पठाइएको छ । प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरालाई पठाइएको छ । प्रहरी वृत्त दरबारमार्गमा नारायण डाँगीलाई पठाइएको छ ।
वृत्त बौद्धमा सन्तोष रोकालाई पठाइएको छ । वृत्त सिंहदरबारमा जनार्दन घिमिरेलाई खटाइएको छ । प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठलाई पठाइएको छ ।
जेनजी युवा आन्दोलनपछि नेपाल प्रहरीका ४८ एसपीहरुको पनि सरुवा भएको छ ।
यस्तो छ सरुवा सूची–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4