+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘परान’को पहिलो झलकमा महेश-अञ्जना, फिल्म कहिले आउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपकप्रसाद आचार्य निर्देशित फिल्म 'परान' १४ कात्तिकदेखि प्रदर्शन हुने भएको छ।
  • फिल्ममा महेश त्रिपाठी र अञ्जना बराइली मुख्य भूमिका निर्वाह गरेका छन्।
  • फिल्मको पोस्टर सार्वजनिक भएसँगै प्रचारप्रसार सुरु भएको निर्देशक आचार्यले बताउनुभयो।

काठमाडौं । दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ले प्रदर्शन मिति घोषणा गरेको छ । पहिलो झलक सार्वजनिक गर्दै निर्माताले १४ कात्तिकदेखि फिल्म रिलिज हुने जनाएका छन् ।

पोस्टरमा महेश त्रिपाठी र अञ्जना बराइली फिचर्ड छन् । पोस्टर हेर्दा, फिल्ममा यी दुईले जोडी बाँधेको देख्न सकिन्छ ।

‘सासले हैन, साथले चल्ने’ शब्दावलीसहित बटमलाइन राखिएको छ । यसले जीवनमा भौतिक अस्तित्वभन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ ।

व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको निर्माण साझेदारी रहेको फिल्म बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको हो ।

ब्यानरको पहिलो प्रोजेक्टको रूपमा यो फिल्म निर्माण गरिएको जानकारी बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले गराए ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र आर्यादीप आचार्यको पनि अभिनय छ ।

पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । पोस्टर सार्वजनिक भएसँगै फिल्मको प्रचारप्रसार सुरु भएको जानकारी निर्देशक आचार्यले दिए ।

उनले भने, ‘अहिलेसम्म फिल्मलाई कसरी हुन्छ राम्रो बनाउनमै ध्यान दियौं । पोस्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको छ । अब तीव्र रूपमा प्रचारप्रसारमा लाग्छौं ।’

रिदम कँडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पण प्रधान र रचना रिमालले स्वर दिएका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?