
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'वरिष्ठ बलराम'को प्रदर्शन मिति २१ कात्तिकमा पूर्वनिर्धारित मितिमै हुने निर्देशक सुरेन्द्र पौडेलले स्पष्ट पारेका छन्।
- फिल्म 'जारी २' को प्रदर्शन मिति सर्न सक्ने हल्ला आएपछि निर्देशकले पोस्टर सार्वजनिक गरी खण्डन गरेका छन्।
- फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ र हाल सम्पादनको टेबुलमा छ।
काठमाडौं । फिल्मको प्रदर्शन मिति सर्न सक्ने हल्लालाई खण्डन गर्दै ‘वरिष्ठ बलराम’ले पूर्वनिर्धारित मितिमै हलमा आउने बताएको छ ।
निर्देशक सुरेन्द्र पौडेलले हल्लालाई खण्डन गर्न पोस्टर सार्वजनिक गर्नुपरेको बताए । ‘जारी २’ आउने भएपछि कतिपय विवरणमा फिल्म पोस्टपोन्ड हुन लागेको गसिप चलेको थियो ।
यद्यपी, ‘जारी २’को नयाँ प्रदर्शन मिति २१ कात्तिकलाई तय छ । ‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ राई र विजय बराल देखिएका छन् । उनलाई क्यारेक्टर मुडमा देख्न सकिन्छ ।
सँगै अन्य कलाकार पनि छन् । दयाहाङ विजयले मुख्य स्थान पाएको पोस्टरमा बाँकी अन्य कलाकारलाई पनि देख्न सकिन्छ । अर्को पोस्टरमा समृद्धि अर्याल पनि फिचर्ड छिन् ।
यतिबेला यो फिल्म सम्पादनको टेबुलमा छ । फिल्ममा पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी लगायतको पनि अभिनय छ ।
पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष तामाङ र श्रीराज कार्की निर्माता छन् ।
प्रतिक्रिया 4