+
+
Shares

जनमतले सोध्यो मधेशका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण

‘मुख्यमन्त्री सहितका आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरी मुख्यमन्त्री सहित मन्त्रीहरूलाई मधेश प्रदेश सरकारबाट राजीनामा दिन निर्देशन दिएको र तपाईं स्वयं फेसबुक मार्फतबाट राजीनामा दिएकोमा सोको समेत अवहेलना गर्दै तपाईंले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको’ भन्दै स्पष्टीकरण सोधिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीको हित विपरित गतिविधिमा संलग्न भएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरेको छ।
  • अनुशासन समितिले सिंहलाई पार्टीको संसदीय दल र साधारण सदस्यबाट हटाउने कारबाहीको चेतावनी दिएको छ।
  • सिंहले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको र पार्टी निर्णयको अवहेलना गरेको आरोप लगाइएको छ।

२ असोज, काठमाडौं । जनमत पार्टीले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।

केन्द्रीय उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार पत्र लेखेर तीन दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरेका छन् ।

मधेश प्रदेश संसदीय दलले सरकारमाथि विश्वास नरहेको र बाहिरिने निर्णय गर्दा समेत सिंह पदमा रहेको पत्रमा लेखिएको छ ।

‘मुख्यमन्त्री सहितका आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरी मुख्यमन्त्री सहित मन्त्रीहरूलाई मधेश प्रदेश सरकारबाट राजीनामा दिन निर्देशन दिएको र तपाईं स्वयं फेसबुक मार्फतबाट राजीनामा दिएकोमा सो को समेत अवहेलना गर्दै तपाईंले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको’ भन्दै स्पष्टीकरण सोधिएको छ ।

अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरितका गतिविधिमा संलग्न भएको, पार्टीमा आघात हुने गरी कार्य गरेको, पार्टीको छविलाई आँच पुर्‍याएको हुँदा स्पष्टीकरण सोधेको अनुशासन समितिले जनाएको छ ।

सिंहलाई कारबाही गर्ने चेतावनी सहित अनुशासन समितिको पत्रमा भनिएको छ,‘तपाईंलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ३ दिन भित्रमा स्पष्टीकरण पेश गर्नु हुन अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?