+
+
Shares

नेपाललाई अमेरिकाले भन्यो- संविधान पालना गर्ने पारदर्शी सरकारलाई समर्थन गर्नेछौं

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते ७:२६
अमेरिकी विदेश मन्त्री मार्को रूबियो

३ असोज, काठमाडौं । अमेरिकाले दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपाललाई साथ दिने जनाएको छ ।

साथै देशको संविधान पालना गर्ने पारदर्शी सरकारका लागि नेपाली जनताको चाहनालाई समर्थन गर्ने अमेरिकाले स्पष्ट पारेको छ ।

संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई तथा शुभकामना सन्देश दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपालको साथमा घनिष्ठ सहकार्यलाई निरन्तरता दिन उत्सुक छौं ।’

नेपालका जनता आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सबल पार्ने र सबैको समृद्धि प्रवर्द्धन गर्ने आशावादी भविष्यको हकदार रहेको अमेरिकाले जनाएको छ ।

साथै मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टले नेपालको यातायात तथा ऊर्जा पूर्वाधारको विस्तारलाई सहयोग गर्ने, रोजगारी सिर्जना गर्ने, दीर्घकालीन आर्थिक वृद्धिलाई गति दिने, अमेरिका–नेपाल साझेदारीलाई सबल पार्ने र अमेरिकी कम्पनीहरूका लागि व्यवसायिक अवसरहरू सिर्जना गर्ने उनले विश्वास समेत व्यक्त गरेका छन् ।

विदेशमन्त्री रुबियोले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?