+
+
Shares

‘मिस्टर नेपाल’ का ३० फाइनलिस्ट घोषणा, शनिबार हुँदैछ फिनाले

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेक्स्ट मोडल्स नेपालले शनिबार होटल सोल्टीमा हुने 'मिस्टर नेपाल २०२५' को ग्रान्ड फिनालेका लागि ३० जना फाइनलिस्ट घोषणा गरेको छ।
  • फिनालेमा मिस्टर वर्ल्ड नेपाल, मिस्टर ग्लोबल नेपाल र म्यान अफ द वल्र्ड नेपाल गरी तीन विधामा उपाधि वितरण गरिनेछ।
  • विजेताले ५ लाख रुपैयाँ पुरस्कार र 'मिस्टर वर्ल्ड २०२५' वा 'मिस्टर ग्लोबल २०२५' मा मुलुक प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

काठमाडौं । ‘मिस्टर नेपाल २०२५’ का ३० जना फाइनलिस्टको घोषणा गरिएको छ । शनिबार होटल सोल्टीमा हुने ग्रान्ड फिनालेमा एकले उपाधि जित्नेछन् ।

फिनालेको तयारी पुरा भएको आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।

फाइनलिस्टमा कृष्ण कसुधम नेपालगन्ज, इन्द्र ढुंगेल महेन्द्रनगर, रेजोनकुमार गौतम धनगढी, सन्देश गजुरेल नुवाकोट, निशान्त बुढायर कञ्चनपुर, कुशाग्र गुप्ता नेपालगञ्ज छन् ।

सत्यम पाठक काठमाडौं, निश्चल मानन्धर हेटौंडा, अजय रौनियार सुनसरी, विजय स्याङ्तान मकवानपुर, असिम बस्नेत, गिरीश रत्न शाक्य झापा, प्रणिप श्रेष्ठ काठमाडौं, अजय रिजाल धगढी, सक्रिय घिसिङ तामाङ काठमाडौंबाट छन् ।

सन्दीप भारती काठमाडौं, एञ्जल गिरी धरान, आशिष गिरी अमेरिका, अस्टिन शेरचन ललितपुर, दर्पणसिंह गिरी पोखरा, दिनेश गुरुङ स्याङ्जा, हिमाञ्चल राज केसी ललितपुरबाट छन् ।

निशान कार्की विराटनगर, सबल कटुवाल कटारी, उदयपुर, विशनजंग निरौला इटहरी, सुजल उपाध्याय भैरहवा, प्रकाश चौहान मोरङ, निशान्त केसी सुर्खेत, लक्ष्मणचन्द ठकुरी बैतडी र प्रभात थापा क्षेत्री नेपालगञ्ज उपाधिका लागि भिड्दैछन् ।

फिनालेमा मिस्टर वर्ल्ड नेपाल, मिस्टर ग्लोबल नेपाल र म्यान अफ द वल्र्ड नेपाल’ गरेर तीन विधामा मिस्टर नेपाल छनोट हुनेछन् ।

विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोवल २०२५’ मा मुलुकको प्रतिनिधित्व गर्ने मौका पाउनेछ । ५ लाख बराबरको पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।

कोरियोग्राफरमा प्रशान्त ताम्राकार छन् । युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर गर्ने उद्देश्यले सन् २००१ देखि पेजेन्ट आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?