+
+
Shares

झापामा जङ्गली हात्ती मृत फेला

रासस रासस
२०८२ असोज ४ गते १२:४८
फाइल तस्वीर

४ असोज, झापा । मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् ।

मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ ।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए । ‘हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,” उहाँले भन्नुभयो, “बिहान त एउटा हात्ती मरेको खबर आयो ।’

के कारणले हात्ती म¥यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख श्रेष्ठको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?