
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'अभिमन्यु : च्याप्टर १' को रिलिज मिति २४ असोजमा सारिएको छ।
- निर्माताले दशैंको फूलपातीमा फिल्म नआउने र २४ असोजमा नेपाली र हिन्दी भाषामा रिलिज हुने जनाएका छन्।
- फिल्मको निर्देशन सुशान्त गौतमले गरेका छन् र कामेश्वर चौरासिया मुख्य भूमिकामा छन्।
काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’ दशैंको फूलपातीमा पनि नआउने भएको छ । निर्माताले आइतबार विज्ञप्ति जारी गर्दै २४ असोजमा फिल्म रिलिज हुने जनाएका छन् ।
कामेश्वर चौरासिया स्टारर फिल्मले आइतबार विज्ञप्ति जारी गर्दै फिल्मको नयाँ मिति घोषणा गरेको हो ।
यसअघि जेनजी आन्दोलनको कारण फिल्मको १३ असोजमा पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको थियो । त्यसपछि दशैंको फूलपातीमा आउने बताइएको थियो ।
वितरक र प्रदर्शकको आग्रहलाई ध्यानमा राख्दै फूलपाती रिलिजबाट पछि हटेको जनाइएको छ ।
२४ असोजमा नेपाली र हिन्दी दुवै भाषामा फिल्म रिलिज हुने जनाइएको छ । उक्त मितिमा अन्य फिल्म रिलिज डेट घोषणा गरेका छैनन् ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
सुशान्त गौतमले निर्देशन गरेको फिल्मको निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।
प्रतिक्रिया 4