+
+
Shares

गोरखकाली र गोरखनाथ मन्दिरमा घटस्थापना गरियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १३:०५

६ असोज, गोरखा । गोरखा दरबारस्थित गोरखकाली मन्दिरको दशैं घरमा घटस्थापना गरिएको छ । सोमबार बिहान ९ बजेर १३ मिनेटको साइतमा घट्ट स्थापना गरेर जौको जमरा राखिएको मूल पुजारी शारदा भट्टराईले बताए ।

सँगै गोरखनाथ मन्दिरमा पनि जमरा राखिएको उनले जानकारी दिए । उनका अनुसार गोरखकाली मन्दिरको पुजा कोठा र जमरा कोठामा एक/एक पाथी, गोरखनाथ मन्दिरमा चार माना, उपल्लोकोट भगवती मन्दिरमा दुई माना र तल्लोकोटमा एक माना जौ को बिज राखिएको छ ।

बिहान सबेरै भगवतीलाई कैलाश कोठाबाट गर्भ गृहमा सारे पश्चात घटस्थापना गरिएको उनले जानकारी दिए । दशैंको पहिलो दिन शैलपुत्री भगवतीको पुजा आरधना हुने उनले बताए ।

आजबाट नियमित बली समेत सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?