News Summary
Generated by OK AI. Editorially reviewed.- राजबहादुर सानेको निर्देशनमा बन्ने फिल्म ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ।
- बडादशैंको पहिलो दिन घटस्थापनामा फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो।
- फिल्मको छायांकन ३० दिनको तालिकामा पशुपति आर्यघाटसहितका क्षेत्रमा हुनेछ र प्रदर्शन मिति सम्पादनपछि घोषणा गरिनेछ।
काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण हुने फिल्म ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ ।
सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो ।
शुभमुहूर्त सटको निर्देशन पटकथाकार प्रदीप भारद्धाजले गरे । कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि निर्माता विकास जोशीले नरिवल फुटाएका थिए ।
पशुपति आर्यघाटसहितका क्षेत्रका फिल्मको छायांकन हुने जनाइएको छ । छायांकन तालिका ३० दिन तय गरिएको छ ।
आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्मातामा कमलप्रसाद शर्मा र सन्दीप रोकाया छन् ।
दीपक भण्डारी कार्यकारी निर्माता तथा भीमराज रोकाया सह-निर्माता रहेको फिल्मलाई दिव्यराज सुवेदीले खिच्नेछन् ।
फिल्ममा माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतको अभिनय रहने जनाइएको छ ।
सम्पादन कार्य सकिएपछि मात्रै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ ।
प्रतिक्रिया 4