+
+
Shares

तिर्खा मेट्न पानी पिउने रोबोट, मानिसको जस्तै मांसपेशी

मुटु जस्तै नियन्त्रण

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोल्याण्डको स्टार्टअप क्लोन रोबोटिक्सले पानी पिउने कृत्रिम मांशपेशीबाट चल्ने मानवस्वरुप रोबोट बनाएको छ।
  • कम्पनीले १८ महिनामा मानव हात जस्तै कृत्रिम लिगामेन्ट र मांशपेशीयुक्त हात विकास गरेको छ।
  • फेब्रुअरीमा पहिलो प्रोटोटाइप Protoclone V1 र डिसेम्बरमा पूर्णस्वरुप Clone Alpha रोबोट सार्वजनिक गरिएको छ।

कल्पना गर्नुहोस् त एउटा यस्तो रोबोट, जो टाढाबाट देख्दा ठ्याक्कै मानिसजस्तै देखिन्छ, हात हल्लाउँछ, ढोका खोल्दछ र यहाँसम्म कि तपाइँका लागि फलफूल काटेर तयार पारिदिन्छ ।

अझ त्यो रोबोट कुनै बिजुली वा मोटरबाट नभई पानी पिएर आफ्नै मांसपेशीको सहयोगमा हिँड्यो भने कस्तो होला ?

सुन्दैमा यो कुनै फिक्सन फिल्म वा स्वैरकल्पना जस्तो लाग्छ । तर अब यो कुनै कल्पना रहेन, यथार्थ बनिसकेको छ ।

युरोपेली मुलुक पोल्याण्डको एक स्टार्टअप कम्पनी क्लोन रोबोटिक्सले मानवरुपी (ह्युमनोइड) रोबोटको क्षेत्रमा एउटा अनौठो प्रयोग गरेर सबैलाई तिनछक पारिदिएको छ ।

क्लोन रोबोटिक्स कम्पनीको स्थापना सन् २०२१ मा भएको हो । कम्पनीका सिइओ धनुष राधाकृष्णनका अनुसार ह्युमानोइड रोबोटिक्सको प्रगति निकै सुस्त रहेको छ ।

त्यसैले आफ्नो कम्पनीको लक्ष्य विद्यमान रोबोटहरुमा स–साना अपडेट गर्ने नभै मानिस जस्तै पूर्णस्वरुपको रोबोट बनाउनु रहेको उनको भनाई छ ताकि भविष्यमा त्यस रोबोटले दैनिक जिवनका कामहरु ग्र्न सकोस् र भविष्यमा मानिससँगै काम गरिरहेको देखियोस् ।

हातबाट सुरु भएको यात्रा

क्लोन रोबोटिक्समा रहेका वैज्ञानिकको टिमले सबैभन्दा पहिले मानवस्वरुप रोबोटको हात बनाउने निर्णय गरे । मानिसको हात सबैभन्दा जटिल र बहुउपयोगी अंग भएको हुनाले उनीहरुले त्यस्तो निर्णय गरेका थिए ।

१८ महिनाको मेहेनतपछि उनीहरुले कृत्रिम लिगामेन्ट तथा मांसपेशीलाई हड्डीसँग जोड्ने रेसा अर्थात् टेण्डनयुक्त हात तयार पारे । त्यो रोबोटिक्स हात ठ्याक्कै मानिसको हात चलाएजस्तै गरी काम गर्दछ।

हतको विकास गरेको एक वर्षमै कम्पनीले पूर्णस्वरुपको ह्युमानोइड रोबोटको प्रोटोटाइप तयार पारेको हो ।

क्लोन रोबोटिक्सले तयार पारेको उक्त मानवस्वरुप रोबोटको सबैभन्दा नवीन विशेषता भनेको कृत्रिम मांशपेशी प्रविधि नै हो, जुन विद्यमान अन्य रोबोटमा छैन ।

पारम्परिक रोबोटहरु मोटर वा ब्याट्रीबाट चल्दछन्, जबकि क्लोन कम्पनीले तयार पारेको रोबोटले भने म्याकेबिन डिजाइनमा आधारित प्रेसराइज्ड ट्युबको प्रयोग गर्दछ। ती ट्युबमा पानी भरिएसँगै फैलिने र खुम्चिने गर्दछन् र हड्डीलाई तानेर चाल पैदा गर्दछन् । मानिसको वास्तविक मांशपेशीकै जस्तो काम यसले गर्दछ ।

यो सम्पूर्ण प्रक्रियालाई कम्पनीको हाइड्रोलिक मुटुले नियन्त्रण गर्दछ । यसले पानीलाई पम्प गर्दै रोबोटलाई शक्ति प्रदान गर्दछ । अर्थात् रोबोटलाई आवश्यक पर्दा यो मुटुले पानी खुवाएर शक्ति दिन्छ ।

गत फेब्रुअरीमा क्लोन रोबोटिक्सले आफ्नो पहिलो प्रोटोटाइप  Protoclone V1 गरेको थियो । त्यसमा १ हजार मायोफाइबर तथा ५ सयभन्दा धेरै सेन्सर जडित छन् । यो रोबोटले २ सय डिग्रीसम्म घुम्न तथा हिड्न सक्दछ ।

त्यसैगरी डिसेम्बरमा कम्पनीले पूर्णस्वरुपको ह्युमनोइड Clone Alpha रोबोट बजारमा ल्याएको थियो । कम्पनीले यसको नयाँ संस्करण ल्भयअयिलभ निर्माणको काम गरिरहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?