+
+
Shares

विराटनगरमा महिलामाथि एसिड प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १३:०७

७ असोज, विराटनगर । विराटनगर महानगरपालिका–९ मा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन् ।

स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार घटना सोमबारको हो । एसिड प्रहारबाट घाइते महिलाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ ।

प्रहरीका अनुसार भाउजुमाथि एसिस प्रहार गर्नका लागि देवरले वियरको बोतलमा एसिड लिएर आएका  थिए ।

दाजु घरमा नभएको मौकामा उनले भाउजुमाथि एसिड  प्रहार गरेका थिए ।

अनुहारमा प्रहार गरेको एसिड रोक्ने क्रममा महिलाको हात र शरीरका अन्य भागमा लागेको छ । उनले लगाएको सल एसिडले जलेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा लेनदेन विवादमा महिलामाथि एसिड प्रहार भएको खुलेको छ ।

मोरङ प्रहरीकी प्रवक्ता, डीएसपी कोपिला चुँडालले एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् ।

घरायसी विवादमा एसिड प्रहार भएको बताउँदै उनले घाइते महिलाको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?