+
+
Shares

जेनजी प्रदर्शनमा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न जनमोर्चाको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय जनमोर्चा पार्टीले जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
  • पार्टी अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनबारे आगामी केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने बताए।
  • असंवैधानिकरूपमा मन्त्रिपरिषद् गठन र संसद विघटनका विषयमा जिल्ला र जनवर्गीय मोर्चाले वक्तव्य दिन सक्ने अध्यक्ष केसीले उल्लेख गरेका छन्।

७ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

जनमोर्चा केन्द्रीय कार्यालयको बुटवलमा सम्पन्न बैठकले जेनजी प्रदर्शनमा भएको तोडफोड र आगजनीको विस्तृत रूपमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनबारे आगामी केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने बताएका छन् ।

राष्ट्रपतिले अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश दिएकोमा सरकारले अझै कुनै निर्णय नगरेको उल्लेख गरेका छन् ।

‘निर्वाचनबारे सरकारले निर्णय गरेपछि कुन रूपमा स्थितिको विकास हुन्छ ? त्यसको आधारमा आगामी केन्द्रीय कमिटीको बैठकले निर्वाचनबारे ठोस निर्णय लिने छ,’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा छ ।

यस्तै आगामी दिनमा प्रतिगमनविरुद्ध समान समझदारी कायम हुने राजनीतिक शक्तिहरूसँग कार्यगत एकता वा तालमेल गर्ने अध्यक्ष केसीले बताएका छन् ।

केन्द्रीयस्तरमा समझदारी भएपछि मात्र जिल्ला तहका कमिटीले तालमेल वा एकता गर्न सक्ने केन्द्रीय कार्यालयको निर्णय छ ।

तर, असंवैधानिक तरिकाले मन्त्रिपरिषद् गठन गरेको, संसद विघटन गरिएको जस्ता विषयमा भने जिल्ला र जनवर्गीय मोर्चाहरूले वक्तव्य दिन सक्ने अध्यक्ष केसीले उल्लेख गरेका छन् । राजावादी र स्वतन्त्रसँग भने कुनै पनि तालमेल तथा सहकार्य उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?