+

अश्विनले सिड्नी थन्डरबाट बिग ब्यास लिग खेल्ने

२०८२ असोज  ८ गते ११:५७ २०८२ असोज ८ गते ११:५७
अश्विनले सिड्नी थन्डरबाट बिग ब्यास लिग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले सिड्नी थन्डरबाट अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मा खेल्ने भएका छन्।
  • अश्विनले सन् २०२५ जनवरी ४ मा आइएलटी–२० प्रतियोगितापछि थन्डरमा सहभागी हुनेछन्।
  • अश्विनले बीबीएल विदेशी खेलाडी छनोटमा नाम नदिएकाले खेल्न क्रिकेट अस्ट्रेलियाबाट विशेष अनुमति आवश्यक पर्नेछ।

८ असोज, काठमाडौं । भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मा सिड्नी थन्डरबाट खेल्ने भएका छन्। यो लिगको इतिहासमै भारतीय खेलाडीले गरेको सबैभन्दा ठुलो सहभागिता मानिएको छ।

३९ वर्षीय अश्विनले सन् २०२५ जनवरी ४ मा संयुक्त अरब इमिरेट्समा सम्पन्न हुने आइएलटी–२० प्रतियोगितापछि थन्डरमा सहभागी हुनेछन्। थन्डरमा उनी डेभिड वार्नर र साम कन्स्टासलगायतका खेलाडीसँग एउटै टोलीबाट मैदानमा देखिनेछन्।

हालै उनले इण्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्यास लिँदै अन्य टी–२० लिगमा खेल्ने बाटो खोलेका हुन् । अश्विन आईपीएलमा हालसम्म पाँचौं सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले १८७ विकेट लिएका छन्।

अश्विनले यस वर्षको बीबीएल विदेशी खेलाडी छनोटमा नाम नदिएकाले खेल्नका लागि क्रिकेट अस्ट्रेलियाबाट विशेष अनुमति भने आवश्यक पर्नेछ।

सिड्नी थन्डरले यसअघि नै लकी फर्ग्युसन (न्यूजिल्यान्ड), शादाब खान (पाकिस्तान) र साम बिलिङ्स (इङ्ल्यान्ड) लाई अनुबन्ध गरिसकेको छ। अश्विनले क्रिस ग्रिन, टम एन्ड्रुज र तन्मय सङ्घासँग मिलेर बलियो स्पिन आक्रमण निर्माण गर्नेछन्।

आउँदो जनवरी १६ मा हुने सिड्नी डर्बीमा अश्विनले बाबर आजम र स्टीभ स्मिथसहितको सिक्सर्सविरुद्ध समेत खेल्न सक्ने सम्भावना बनेको छ।

बीबीएलमा पहिले खेलेका पहिलो भारतीय खेलाडी उन्मुक्त चन्द थिए। उनले २०२१/२२ मा मेलबर्न रेनेगेड्सबाट दुई खेल खेलेका थिए।

यस वर्षको बीबीएल डिसेम्बर १४ देखि सुरु हुँदैछ।

-फक्स क्रिकेटबाट

रविचन्द्रन अश्विन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय