
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ मा सूर्यप्रसाद पाण्डेले पत्नी संगिता पौडेललाई चक्कु प्रहार गरी हत्या गरेका छन्।
- पाण्डेले घरेलु विवादका क्रममा चक्कु प्रहार गरी पौडेललाई गम्भीर घाइते बनाएका थिए र उपचारका क्रममा उनको मृत्यु भएको हो।
- हत्या पछि पाण्डेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
८ असोज, चितवन। पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, सगरमाथा टोलमा श्रीमानले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
घरेलु विवादका क्रममा ४२ वर्षीय श्रीमान सूर्यप्रसाद पाण्डेले ३७ वर्षीया पत्नी संगिता पौडेललाई आज चक्कु प्रहार गरेर हत्या गरेका हुन्।
पाण्डेले घरको बैठक कोठामा श्रीमतीलाई चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।
घाइते भएकी पौडेललाई प्रहरीले तत्काल उद्दार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याए पनि उपचारका क्रममा साँझ ७ बजेर १५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
श्रीमतीको हत्या गरेपछि पाण्डेले प्रहरी समक्ष आफै पुगेर आत्मसमर्पण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4