+
+
Shares

बिहान ५ बजेदेखि मध्यरातसम्मै शो : बलिदान, माइतीघर, हरिबहादुरको जुत्ताले कति शो पाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'बलिदान'ले दशैंको फूलपाती अवसरमा देशब्यापी १९३ शोज पाएको छ।
  • फिल्म 'माइतीघर'ले १२१ र 'हरिबहादुरको जुत्ता'ले ११६ शोज पाएका छन्।
  • हलले बिहान ५ः३० बजेदेखि मध्यरात ११ः५५ बजेसम्म र बिहान ३ बजेसम्म शोज उपलब्ध गराएको छ।

काठमाडौं । दशैंको फूलपाती अवसरमा सोमबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’लाई हलले शोज विभाजन गरेका छन् ।

शोज विभाजनको अनुपात ४०-३०-३० प्रतिशत देखिन्छ ।

विहिबार दिउँसो १ बजेसम्म प्रकाशित शो तालिका हेर्दा सबैभन्दा धेरै शोज समीर भट्ट स्टारर ‘बलिदान’ले पाएको देखिन्छ ।

सन्तोष सेन निर्देशित फिल्मले देशब्यापी १९३ शोज पाएको छ ।

त्यसपछिको धेरै शो केदार घिमिरे, धीरज मगर स्टारर सोसल ड्रामा ‘माइतीघर’ले पाएको देखिन्छ । मिलन तामाङ निर्देशित फिल्मले १२१ शोज पाएको छ ।

हरिवंश आचार्य स्टारर ‘हरिबहादुरको जुत्ता’ले कूल ११६ शोज पाएको छ ।

शो तालिकाको अन्तिम चित्र भने आइतबारसम्म बेलुका देखिनेछ । अझै पनि सबै शोज तालिका सार्वजनिक भैसकेको छैन ।

हलले सबेरै बिहान ५ः३० बजेदेखि मध्यरात ११ः५५ बजेसम्म शो दिएका छन् । अन्तिम शो छुट्दा बिहानको ३ बज्नेछ । २ घण्टा लगत्तै बिहानको अर्को शो सुचारु हुनेछ ।

यसरी हेर्दा, हलले झण्डै २४ घण्टा नै शोज उपलब्ध गराएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?