
फाइल तस्वीर
९ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पुनर्निर्माण कोषमा रकम आउला र काम थालौंला भनेर सरकार कुरेर नबसेको बताएका छन् ।
बिहीबार भौतिक मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खनालले अहिले विभिन्न निकायले आफ्नै बजेटबाट नै काम थालिसकेको जानकारी दिए ।
अपुग रकम अर्थ मन्त्रालयले दिने र कोषमा सबैको सहभागिताको अपेक्षा गरिएको जानकारी दिए । अर्थले सोही प्रयोजनका लागि अनुत्पादक खर्च कटौती थालेको उनले बताए ।
अहिले काम हुन नसक्ने आयोजना स्थगन गरिएको समेत उनले बताए । त्यो रकमबाट बचेको पैसा पुनर्निर्माणमा लगाइने उनले बताए ।
नेपाल पुनर्निर्माणको महाअभियानमा रहेको भन्दै उनले जेनजी पुस्ताले चाहे अनुसार भ्रष्टाचार अन्य गर्दै पुनर्निर्माणको काम थालिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4