+
+
Shares

‘फेस्टिभ मुड’ जगाउने नितेशजंगको गीत ‘हाम्रो नेपालमा’को भ्यूज ४ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक नितेशजंग कुवँरको गीत 'हाम्रो नेपालमा' विदेशमा रहेका नेपालीको मर्म बुनेर तयार पारिएको हो।
  • यो गीत ६ वर्षअघि रिलिज भएको भए पनि अहिले पनि विदेशस्थित नेपाली समुदायमा धेरै लोकप्रिय छ।
  • दशैंको अवसरमा युट्युबमा यस गीतको भ्यूज ४ करोड नाघेको र टिकटकमा भिडियो बनाउने क्रम बढेको छ।

घर आँगन अनि साथीभाई
दर्शन नमस्ते है सबैलाई
सुख दुःख भन्नु यस्तै रैछ
को आफ्नो विदेशमा को पराई

काठमाडौं । नितेशजंग कुवँर युवापुस्तामा धेरै सुनिने गायकमध्ये पर्छन् । उनका हिट ट्रयाकमध्ये ‘हाम्रो नेपालमा’ करिअरमा धेरै सुनिने गीत पर्छ ।

जब चाडपर्व आउँछन्, उनको मर्मस्पर्शी गीत ‘हाम्रो नेपालमा’ गुञ्जिन्छ । चाडमा स्वदेश फर्किन नपाएका विदेशिएका नेपालीको मर्मलाई बुनेर नितेशले यो गीत तयार पारेका हुन् ।

६ वर्षअघि रिलिज भएको यो गीतको सान्दर्भिकता अहिले पनि उत्तिकै ताजा छ । हुन पनि उनले विदेशमा बस्ने सबै दाजुभाई र दिदीबहिनीलाई गीत समर्पित गरेका छन् ।

मेरो तन अहिले यहाँ भए नि
मन भने सान्नानी उतै छ हाम्रो नेपालमा
हाम्रो नेपालमा…

बिहीबार यो गीतको भ्यूज युट्युबमा ४ करोड नाघेको छ । दशैं आएसँगै यो गीतको भ्यूजमा वृद्धि भएको देखिन्छ । युट्युब चार्ट्सका अनुसार यो गीत विदेशस्थित नेपाली समुदायमा धेरै गुञ्जिनेमध्ये पर्छ ।

साथै, रिल्स र टिकटकमा समेत पछिल्लो साता यो गीतमाथि भिडियो बनाउने क्रम बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?