
९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुपकमल दाहाल प्रचण्डले नेतृत्व छाड्नुपर्ने दुई कारण दिएका छन् ।
पहिलो : बहुदलीय प्रतिस्पर्द्धात्मक प्रणालीको परिप्रेक्ष्यमा तीन दशक एउटै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहेको विषय नकारात्मक चर्चाको विषय बनिरहेको सन्दर्भ ।
दोस्रो : जेनजी आन्दोलन पछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूको सन्दर्भमा जनमानसमा परेको वा पारिएको पर्सेप्सनको परिप्रेक्ष्य ।
यी दुई कारण दिँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डलाई नेतृत्व छाड्न भनेका हुन् ।
प्रचण्ड अध्यक्षबाट हट्दा समेत उनको योगदानको संरक्षणको जिम्मेवारी पार्टीले लिने श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले भनेका छन्, ‘अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट विदाई हुँदा उहाँ प्रतिको सम्मान लाई कायम राख्दै र उहाँको निरन्तर वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्दै गरिनु पर्दछ ।’
नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनको निम्ति प्रचण्ड जनयुद्धको मुख्य भूमिका रहेको यथार्थलाई सबैले स्वीकार्नुपर्ने र त्यसरी नै व्यक्ति नेताहरूको हकमा प्रचण्डको मुख्य योगदान रहेको तथ्यलाई स्थापित गर्दै अगाडि बढरिने उनको प्रतिवद्धता छ ।
श्रेष्ठले अगाडि भनेका छन्, ‘हामीले अध्यक्ष क. प्रचण्डको नेतृत्वले पुर्याएको योगदानलाई उच्च मूल्यांकन गर्नु पर्दछ । प्रतिक्रियावादी कोणबाट गरिने आक्रमणबाट प्रतिरक्षा गर्नु पर्दछ ।’
पढ्नुहोस् श्रेष्ठको प्रतिवेदनको पूर्णपाठ :
पार्टीको रूपान्तरण र पुनर्गठन अब निर्णयमा मात्र सीमित गर्ने कुरा सह्य हुँदैन
प्रतिक्रिया 4