+

नेपाली क्रिकेटको जर्सी प्रायोजकमा भाटभटेनी होल्डिङ

२०८२ असोज  ९ गते २०:५७ २०८२ असोज ९ गते २०:५७
नेपाली क्रिकेटको जर्सी प्रायोजकमा भाटभटेनी होल्डिङ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले भाटभटेनी होल्डिङ कम्पनीलाई राष्ट्रिय टोलीको आधिकारिक पोशाक पार्टनर बनाएको छ।
  • टी१० ब्रान्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उच्च गुणस्तरका खेल पोशाक उपलब्ध गराउने क्यानले विश्वास व्यक्त गरेको छ।
  • नेपाली पुरुष क्रिकेट टोलीको नयाँ जर्सीमा टी१० को आधिकारिक ब्रान्ड लोगो समावेश गरिएको छ।

९ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीको आधिकारिक एपरेल (पोशाक) पार्टनर अब टी१० ब्रान्ड रहने भएको छ। यसका लागि भाटभटेनी होल्डिङ कम्पनी प्रा. लि. छनोट गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी गराएको हो । सम्झौताअनुसार भाटभटेनी समूहले आगामी २ वर्षसम्म नेपालका पुरुष, महिला तथा उमेर समूहका राष्ट्रिय क्रिकेट टोलीहरूको जर्सी प्रायोजन गर्नेछ।

टी१० ब्रान्डले टोलीलाई उच्च गुणस्तरका खेल पोशाक उपलब्ध गराउने र यसले खेलाडीको प्रदर्शन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास नेपाल क्रिकेट संघले जनाएको छ।

नेपाली पुरुष क्रिकेट टोलीको नयाँ जर्सी केही दिनअघि सार्वजनिक भइसकेको छ जसमा टी१० को आधिकारिक ब्रान्ड लोगो पनि समावेश छ ।

जर्सी प्रायोजन नेपाल क्रिकेट संघ क्यान नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय