+
+
Shares

प्रचण्डको विकल्प खोज्नेलाई पासाङले दिए अवसरवादीको संज्ञा

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा उनले भने, ‘नेतृत्व भनेको कमरेड प्रचण्ड नै हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नन्दकिशोर पुन पासाङले माओवादीमा प्रचण्डको विकल्प देखा नपरेको बताएका छन्।
  • प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा उनले भने, ‘नेतृत्व भनेको कमरेड प्रचण्ड नै हो।’
  • वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई कार्यवहाक अध्यक्ष दिन माग गरेका छन्।

१० असोज, काठमाडौं। नन्दकिशोर पुन पासाङले माओवादीमा प्रचण्डको विकल्प देखा नपरेको बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा उनले भने, ‘नेतृत्व भनेको कमरेड प्रचण्ड नै हो ।’

पार्टीभित्र प्रचण्डले नेतृत्व छाड्नपर्ने आवाज समेत उठेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नै आफूलाई कार्यवहाक अध्यक्ष दिन माग गरेका छन् ।

यो पृष्ठभूमिमा नेता पासाङले प्रचण्डको विकल्प देखा नपरेको बताएका हुन् । बरु प्रचण्डको विकल्प खोज्नेलाई नेता पासाङले अवसरवादीको संज्ञा दिए ।

उनले भनेका छन्, ‘संकटमा अवसरवाद पैदा हुन्छ । भइरहेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?