+
युनिटी कप टी-२०आई शृंखला :

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

२०८२ असोज  ११ गते २३:५६ २०८२ असोज ११ गते २३:५६

नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ ।

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा १९ रनले जित हासिल गरेको छ।
  • नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा १२९ रन मात्र बनायो।
  • कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाएर नेपाललाई जितमा महत्वपूर्ण योगदान दिए।

११ असोज, काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो ।

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

१२ रनमै २ विकेट गुमेको अवस्थाबाट रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । यद्यपी फिनिसिङ राम्रो हुन नसक्दा नेपाल १५० भित्रै रोकियो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।

नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।

आज वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।

नेपाल-वेस्ट इन्डिज शृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय