+
+
Shares

मानव अधिकार आयोगले सरकारलाई भन्यो- शान्ति सुरक्षा मजबुत बनाउनू

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १२:३३

१२ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका कार्यालयहरू दशैँ, दिपावलीतथा छठ पर्वका बिदाका दिनमा पनि खुला रहने भएका छन् ।

मानवअधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुर्गमन गर्नका लागि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश शाखाकार्यालयहरू बिदाका दिनमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने व्यवस्था गरिएको हो ।

मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ ।

आयोगले विज्ञप्ति निकालेर सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवाप्रवाह र सहजआपूर्तिमाअवरोध सिर्जना हुने जस्ता क्रियाकलाप हुने संभावना रहनेतर्फ सरकारको ध्यानाकर्षण गरेको हो ।

चाडपर्वको समयमा सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्तिसुरक्षाको अवस्थालाई मजबुतबनाउनआयोग सरकारलाई निर्देशन गरेको छ । सेवाप्रवाहलाई चुस्तबनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?