
१२ असोज, काठमाडौं । जेनजी आन्दोलन क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहत निकायका ६० युनिट सवारीसाधन जलेका छन् ।
मन्त्रालयको प्रारम्भिक विवरण अनुसार सडक विभाग, मन्त्रालय परिसर, मन्त्री निवास र यातायात व्यवस्था विभागमा ती सवारीसाधनमा आगजनी भएको थियो । आगजनीबाट अधिकांश सवारी पूर्णरूपमा जलेको देखिन्छ ।
दुई युनिट सवारी भने बेपत्ता छ । मन्त्रालयबाट निजी स्कुटर र सवारी समेत जलाइएको मन्त्रालयको विवरणमा देखिएको छ । यसरी क्षति पुर्याइएका सवारीमध्ये दुई पाङ्ग्रे २६ युनिट रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
अन्य जिन्सी सम्पत्तिमध्ये कर्मचारी प्रशासन शाखाबाट कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सी, सोफासेट, पंखा र कोठाको झ्यालमा क्षति पुर्याइएको छ । यातायात व्यवस्था शाखाको शौचालयको झ्यालमा क्षति गरिएको छ ।
चालक आराम कक्षमा पानी राख्ने टुलदेखि गलैँचासम्म क्षति गरिएको छ । अन्य क्षतिमा सचिव बैठक कोठाका झ्याल, मूल ढोका र झ्याल सेट, टहरो, ह्वाइठ बोर्ड, सोफा, टुलसहित दर्जनौं वस्तु चोरी भएको, क्षति पुर्याइएको पाइएको मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ ।
प्रतिक्रिया 4