
१२ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसएको आठौं बैठकमा सहभागी हुने भएका छन् ।
आगामी कात्तिक १० देखि १३ गतेसम्म आयोजना हुने बैठकमा सहभागी हुन जान लागेका हुन् ।
उक्त बैठकमा जानका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।
‘कात्तिक १० देखि १३ गतेसम्म भारतको भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्टिय सौर्य गठबन्धन आईएसएको आठौं बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई सहभागी स्वीकृति दिने निर्णय भएको छ,’ सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4