News Summary
Generated by OK AI. Editorially reviewed.- इटलीले लगातार दोस्रो र समग्रमा पाँचौ पटक एफआईभिबी पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि जितेको छ।
- फाइनलमा इटलीले बुल्गेरियालाई ३-१ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो।
- इटलीका अलेसान्द्रो मिचिएलेट्टो मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका छन् र ड्रिम टिममा इटलीका चार खेलाडी समावेश छन्।
१२ असोज, काठमाडौं । इटलीले लगातार दोस्रो र समग्रमा पाँचौ पटक एफआईभिबी पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि जितेको छ ।
फिलिपिन्सको मनिलामा आइतबार ऐएको फाइनलमा बुल्गेरियालाई ३-१ को सेटमा पराजित गर्दै इटलीले उपाधि रक्षा गरेको हो ।
फाइनलसम्म आइपुग्दा अपराजित रहेको बुल्गेरियाले इटली विरुद्ध भने त्यो लय देखाउन सकेन । इटलीले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो च्याम्पियन छवि कायम राखेको हो ।
पहिलो सेट इटलीले २५-२१ ले आफ्नो पक्षमा पार्दै राम्रो सुरुवात गरेको थियो । दोस्रो सेट २५-१७ ले सहजै आफ्नो पक्षमा पारेपछि इटलीले २-१ को अग्रता बनायो ।
तेस्रो सेटमा पुनरागमन गरेको बुल्गेरियाले सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत गरेको थियो । तर चौथो सेट इटलीले २५-१० ले एकपक्षीय रूपमा जितेपछि ३-१ ले खेल जितेको हो ।
समूह चरणमा बेल्जियमसँग पराजित भएको इटलीले बाँकी सबै खेलमा जित हात पारेको हो ।
फाइनलमा इटलीका लागि युरी रोमानोले २२ र माटिया बोटोलोले १९ अंक स्कोर गरे । बुल्गेरियाका लागि एलेक्स निकोलोभ एक्लैले २३ अंक स्कोर गरेका थिए ।
इटलीका आउटसाइड हिटर अलेसान्द्रो मिचिएलेट्टो च्याम्पियनसिपको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
ड्रिम टिममा पनि इटलीका खेलाडीहरुको वर्चस्व रह्यो । इटलीका अलेसान्द्रो मिचिएलेट्टोसँगै बुल्गेरियाका एलेक्स निकोलोभ बेस्ट आउट साइड हिटर घोषित भए ।
यस्तै इटलीका सिमोन जिएनेली बेस्ट सेटर, युरी रोमानो बेस्ट अपोजिट स्पाइकर, फाबियो बासालो बेस्ट लिबेरो घोषित भए । बुल्गेरियाका एलेक्स ग्रोज्दानोभ र पोल्याण्डका ज्याकुब कोचनानोस्की बेस्ट मिडल ब्लकर चुनिए ।
प्रतिक्रिया 4