+
+
Shares
फूलपाती रिलिज :

बलिदान, माइतीघर, हरिबहादुरको जुत्ता आजदेखि हलमा लागे, बिहानदेखि मध्यरातसम्म शो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते ६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंको फूलपाती अवसरमा बलिदान, माइतीघर र हरिबहादुरको जुत्ता नामक तीन नेपाली फिल्म सोमबारदेखि देशव्यापी प्रदर्शनमा आएका छन्।
  • तीनै फिल्मको एड्भान्स टिकट विक्री रकम न्यून रहेको तथ्यांकले देखाएको छ र दर्शक तान्न चुनौती रहेको छ।
  • बलिदान देशभक्तिपूर्ण एक्सन फिल्म हो, माइतीघरमा तामाङ समुदायको विवाह संस्कृतिको कथा छ र हरिबहादुरको जुत्तामा हरिवंश आचार्यले आइकोनिक पात्रको भूमिका निर्वाह गरेका छन्।

काठमाडौं । दशैंको फूलपाती अवसरमा ३ नेपाली फिल्म सोमबारदेखि देशब्यापी प्रदर्शनमा आएका छन् ।

निकै हल्ला र चासोसहित प्रदर्शनमा आएका बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको प्रदर्शनको शोज संख्या र एड्भान्स टिकट विक्रीको कलेक्सन कस्तो रह्यो ?

अनलाइनखबरलाई प्राप्त एड्भान्स टिकटको तथ्यांक हेर्दा, तीनै फिल्मको एड्भान्स टिकट विक्रीको रकम न्यून देखिन्छ । फिल्मलाई टिकटको झ्यालबाटै दर्शक तान्नुपर्ने चुनौती छ ।

बिहान ५ बजेदेखि मध्यरात १२ बजेसम्मै सोमबारको लागि शो तय छन् ।

एकातिर सन्तोष सेन निर्देशित र समीर भट्ट स्टारर एक्सन फिल्म ‘बलिदान’ छ । तपाईंलाई देशभक्तिपूर्ण भावना र एक्सन फिल्ममा रुचिकर छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

धीरज मगर, केदार घिमिरे, उपासनासिंह ठकुरी, प्रकाश सपुत स्टारर ‘माइतीघर’ पनि सोमबारदेखि रिलिज भएको छ । तामाङ समुदायमा ब्याप्त विवाह संस्कृतिको कथा यसमा छ । मिलन तामाङले यो फिल्मलाई निर्देशन गरेका हुन् ।

अर्कोतर्फ, हरिवंश आचार्यलाई शीर्ष भूमिकामा लिएर निर्माण गरिएको फिल्म ‘हरिबहादुरको जुत्ता’ पनि रिलिज भएको छ । यो फिल्ममा हरिवंशले आफ्नो चर्चित ‘आइकोनिक’ पात्र हरिवंशको भूमिका निर्वाह गरेका छन् ।

तपाईंले आ-आफ्नो रुचिअनुसार फिल्म हेर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?