News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा आर्सनलले न्युकासल युनाइटेडलाई २-१ गोलअन्तरले हराएको छ।
- निक वाल्टमोडले ३४औं मिनेटमा न्युकासलका लागि गोल गरे भने मिकेल मेरिनोले ८४औं मिनेटमा बराबरी गोल गरे।
- इन्जुरी समयको छैटौं मिनेटमा गाब्रियल मागेल्सले आर्सनलका लागि विजयी गोल गरे।
१३ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले पुनरागमन जित हासिल गरेको छ । आर्सनलले न्युकासल युनाइटेडलाई उसैको मैदानमा २-१ गोलअन्तरले हरायो ।
खेलको पहिलो हाफमा १-० ले पछि परेको आर्सनलले निर्धारित समय सकिन लाग्दा बराबरी गोल गरेको थियो भने इन्जुरी समयमा विजयी गोल गरेको थियो ।
३४औं मिनेटमा निक वाल्टमोडले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८४औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
इन्जुरी समयको छैटौं मिनेटमा गाब्रियल मागेल्सले आर्सनलका लागि विजयी गोल गरे ।
जितपछि ६ खेलमा १३ अंक भएको आर्सनल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शीर्षस्थानको लिभरपुलको समान खेलबाट १५ अंक छ ।
प्रतिक्रिया 4