
News Summary
Generated by OK AI. Editorially reviewed.- तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी खुला भएको छ।
- आज बिहान ७ बजे सानो पहिरो पन्छाए पनि दिउँसो साढे १२ बजे ठूलो पहिरो खसेपछि सडक बन्द भएको थियो।
- पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो र चाडपर्वको अवसरमा यात्रुहरू अलपत्र परेका थिए।
१३ असोज, काठमाडौं । तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो ।
आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।
चाडपर्वको अवसर पारेर हिँडेका कयौं यात्रुहरू पहिरोका कारण बिच बाटोमै अलपत्र परेका थिए । अहिले यात्रुहरु गन्तव्यमा प्रस्थान गरिरहेका छन् ।
लामो समयसम्म बाटो बन्द हुँदा सडकमा सवारी साधनको चाप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4