News Summary
Generated by OK AI. Editorially reviewed.- सेन्ट्रल एसियन भलिबल एसोसियसको आयोजनामा काभा महिला नेसन्स लिग अक्टोबर १ देखि ५ सम्म उज्बेकिस्तानमा हुने भएको छ।
- पहिले नेपालमा नोभेम्बर १५ देखि २२ सम्म हुने तय प्रतियोगिता स्थगित भएको थियो।
- आयोजकले सार्वजनिक गरेको खेल तालिकामा नेपालको नाम छैन र प्रतियोगितामा उज्बेकिस्तान, इरान, कीर्गिस्तान र ताजिकिस्तान सहभागी हुनेछन्।
१४ असोज, काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसियस (काभा)को आयोजनामा हुने काभा महिला नेसन्स लिग उज्बेकिस्तानमा हुने भएको छ ।
आयोजकले मंगलबार खेल तालिका सार्वजनिक गरेको छ जस अनुसार अक्टोबर १ देखि ५ सम्म उज्बेकिस्तानमा प्रतियोगिता हुने भएको हो ।
यसअघि काभा महिला नेसन्स लिग नेपालमा आगामी नोभेम्बर १५ देखि २२ सम्म हुने तय रहेको भएपनि स्थगित भएको थियो ।
आयोजकले मंगलबार सार्वजनिक गरेको खेल तालिकामा नेपालको नाम समेत छैन ।
प्रतियोगितामा आयोजक उज्बेकिस्तान, इरान, कीर्गिस्तान र ताजिकिस्तान सहभागी हुनेछन् ।
नेपाल सहभागी नहुने बारेमा नेपाल भलिबल संघले आधिकारिक रूपमा भने केही जानकारी गराएको छैन ।
प्रतिक्रिया 4