
News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई संस्थागत गर्न र सङ्गठित भएर अघि बढ्न जेनजी समूहबीच सहमति हुने भएको छ।
- शहीद परिवार र घाइतेलाई उचित सम्बोधन, भ्रष्टाचारविरुद्ध अभियान र आगामी निर्वाचन सफल बनाउन सरकारलाई सहयोग गर्ने तीन मुद्दामा सबै जेनजी समूह एक हुने भएका छन्।
- इन्डिजिनियस जेनजी समूह, जेनजी मुभमेन्ट अलायन्स, हामी नेपाल लगायतका समूह र अगुवाहरूले दशैंपछि सहमति गर्ने र तीन मुद्दामा केन्द्रित भएर अघि बढ्ने बताएका छन्।
१५ असोज, काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सस्थागत गर्न र सङ्गठित भएर अघि बढ्न जेनजी समुहबीच सहमति हुने भएको छ ।
आन्दोलनपश्चात् एक हुन नसकेर विभिन्न समूहका नाममा छरिएका जेनजी समूह तीन मुद्दालाई लिएर एक हुने भएका हुन् ।
शहीद परिवार र घाइतेलाई उचित सम्बोधन गरिनुपर्ने, भ्रष्टाचारविरुद्ध अभियान जारी रहने र आगामी निर्वाचन सफल बनाउन सरकारलाई सहयोग गर्ने मुद्दामा सबै जेनजी समूह एक हुने भएका हुन् ।
‘अहिले हामीबीच छलफल चलिरहेको छ। तत्कालका लागि समूह-विशेष मागहरू आफ्नो ठाउँमा राखेर तीन मुद्दामा मात्र केन्द्रित हुन खोजेका हौँ,’ एक जेनजी अगुवाले अनलाइनखबरसग भने, ‘बाँकी माग आआफ्नो ठाउँमा छ ।
तत्कालको लागि आन्दोलनलाई संस्थागत गर्न र हाम्रा आधारभूत मागमा सहमति गरेर सरकारलाई झक्झक्याउन हामी सबै एक हुनेगरी छलफल भइरहेको छ ।’
यसरी सहमति गर्नेमा इन्डिजिनियस जेनजी समूह, जेनजी मुभमेन्ट अलायन्स, हामी नेपालसहितको जेनजी समूहसहित जेनजी अगुवा रक्षा बम, युजनराज भण्डारी, अमित खनाल (ऊर्जा), अर्नब चौधरीलगायत छन् । दशैं सकिएलगत्तै यसमा सहमति हुने र तत्कालको लागि तीन मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने ती अगुवाले बताए ।
प्रतिक्रिया 4