+
+
Shares

बेलायतको अल्डरसटमा कारको ठक्करबाट २ नेपालीको निधन

दशैंका बेला भएको यस दुःखद घटनाले बेलायतस्थित नेपाली समुदाय स्तब्ध छ । अल्डरसट बेलायतमा नेपाली जनसंख्या रहेको सबैभन्दा ठूलो शहर हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते १०:१७

लन्डन । बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ ।

फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ ।

प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ६६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

ह्याम्पसायर प्रहरीले घट्नाको अनुसन्धान अगाडि बढाउँदै प्रत्यक्षदर्शीलाई जानकारी दिन अपिल गरेको छ ।

दुर्घटनास्थल वरपरको सीसीटीभी वा ड्यासक्याम फुटेज भए उपलब्ध गराउन प्रहरीको विशेष आग्रह छ ।

१०१ मा फोन गरी रिफरेन्स नम्बर ४४२५०४४३४८८ उल्लेख गरि जानकारी दिन सकिने प्रहरीले जनाएको छ ।

दशैंका बेला भएको यस दुःखद घटनाले बेलायतस्थित नेपाली समुदाय स्तब्ध छ । अल्डरसट बेलायतमा नेपाली जनसंख्या रहेको सबैभन्दा ठूलो शहर हो ।

तमुधिं यूके महासचिव डा. विशाल गुरुङले घट्नाप्रति दुःख व्यक्त गर्दै प्रहरी अनुसन्धानमा सघाउन स्थानीय समुदायसमक्ष अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?