News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप छनोट अघि ओमानमा ओमान र कतारसँग दुई अभ्यास खेल खेल्ने भएको छ।
- ओमान क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार नेपालले शनिबार बेलुका पौने ९ बजे ओमानसँग र सोमबार अपरान्ह सवा ४ बजे कतारसँग खेल्नेछ।
- टी-२० विश्वकप छनोट अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुनेछ र नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
१७ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटका खेल सुरु हुनुअघि नेपाली क्रिकेट टोलीले ओमानमै दुई अभ्यास खेल खेल्ने भएको छ ।
नेपालले ओमान र कतारसँग वार्म अप खेल खेल्ने भएको हो । ओमान क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार नेपालले ओमानसँग शनिबार र कतारसँग सोमबार खेल्नेछ ।
ओमान र नेपालबीचको अभ्यास शनिबार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछ । त्यस्तै कतार र नेपालबीचको खेल सोमबार अपरान्ह सवा ४ बजेदेखि सुरु हुनेछ ।
टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।
नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी
प्रतिक्रिया 4