
१८ असोज, काठमाडौं । चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, चितवनमा बसेको सुरक्षा, होटल व्यवसायी संघ (हान) र सरोकारवालाको बीचमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय भएको हो ।
बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर, नारायणगढ र सौराहाका होटलमा बस्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ ।
जसका लागि ९८५५०१४१८० मा सम्पर्क गर्न प्रशासनले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4