+
+
Shares

बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असोज १७ र १८ गते आएको बाढीले विभिन्न नदीका तटबन्ध १ हजार ५०० मिटर कटान गरेको छ र करिब १० करोड रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान छ।
  • कन्काई नदीले झापाको गौरीगञ्ज–२ मा करिब २०० मिटर तटबन्ध कटान गरी १ सय १४ घरबारी डुबानमा परेको र ५०० हेक्टर धान खेतमा क्षति पुगेको छ।
  • महोत्तरीको रातो नदीले ८९० मिटर तटबन्ध बगाएको र सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ।

१९ असोज, काठमाडौं। असोज १७ र १८ गते आएको बाढीले विभिन्न स्थानमा नदी नियन्त्रणका लागि बनाइएको १ हजार ५०० मिटर तटबन्ध कटान भएको छ । यसबाट करिब १० करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरेको छ ।

यसबाट होकलबारी गाउँको करिब १ सय १४ घरबारी डुबानमा परेको छ भने ५०० हेक्टर धान खेतमा क्षति भएको छ ।

साथै झापा गाउँपालिका– २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जग्गामा क्षति भएको छ । यसबाट अनुमानित ७५ लाख रुपैयाँ क्षति भएको अनुमान गरिएको छ ।

यसैगरी मेची नदीले ठाउँ–ठाउँमा रहेका स्परहरु भत्काउँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसैगरी केशलिया नदी (बुढी खोला) मा आएको बाढीले बिराटनगर महानगरपालिका–६ र १२ को बस्ती डुबान भएको छ । त्यसबाट ७५ घरधुरी विस्थापित भएका छन् ।

कमला नदीको पूर्वी किनारतर्फ सिरहाको १७ पटेरुवाको तटबन्धमा पनि बाढीले क्षति पुर्याएको छ । त्यसबाट अनुमानित २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।

यसैगरी लालबकैया नदीको दायाँ किनारतर्फ मौलापुर नगरपालिका–१ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बाढीले बगाएको छ । त्यसबाट करिब १०० हेक्टर धान खेतमा क्षति पुगेको छ ।

यस्तै बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाउँदा २०० हेक्टर धान खेतमा क्षति भएको छ । करिब २०० वटा घर–गोठ समेत डुबानमा परेका छन् । यीबाट अनुमानित ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

महोत्तरीको रातो नदीले बलवा नगरपालिकाका वडानम्बर २, १० र ११ मा क्षति पुर्‍याएको छ। बन्चौरी, लेउरी, भल्नी र भगवतीपुरमा गरी जम्मा ३९० मिटर तटबन्ध बाढीले बगाएको छ ।

साथै लोहरपट्टीमा ४०० मिटर, महोत्तरी गाउँपालिका–६ रतबारामा २० मिटर, जलेश्वर नगरपालिकाका १, ४ र ७ नम्बर वडामा पर्ने बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बाढीले बगाएको छ ।

रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान गरेको विवरण छ ।

साथै सदरमुकाम जलेश्वर समेत बाढीको चपेटामा परेको छ । महोत्तरीमा अनुमानित ८ करोड बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?