
२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दैछ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो एक बजे बस्ने बैठकमा हालैको विपद्पछिको अवस्थाबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
यसका साथै आगामी महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा पनि छलफल गर्न लागिएको छ ।
यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो । उक्त निर्णयसँगै आगामी मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4