
२१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भक्तपुरस्थित नवदुर्गा मन्दिरको दर्शन कार्यक्रम स्थगित भएको छ ।
हरेक वर्ष नवदुर्गा मन्दिरमा कोजाग्रत पुर्णिमाको बिसर्जन पूजाको लागि राष्ट्रप्रमुख उपस्थित हुने परम्परा रहँदै आएको थियो ।
यसवर्ष भने सुरक्षाका कारण राष्ट्रपति पौडेलको दर्शन कार्यक्रम स्थगित भएको बताइएको छ ।
राष्ट्रपतिको कार्यक्रम स्थगित भएपनि विधिवत् पूजाको लागी गुठी संस्थानका गुठी प्रशासक शैलेस राज कुँवर र राष्ट्रपतिका स्वकीय सचिव सुशील तिमिल्सिना पूजाआजका लागि पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4