+
+
Shares

सिरहामा बिहान ७ बजेबाटै राष्ट्रिय परिचयपत्र बनाउने सेवा

रासस रासस
२०८२ असोज २२ गते १७:१२

२२ असोज, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको अत्यधिक चापका कारण बिहान ७:०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्ने भएको छ ।

दशैंको अवसरमा घर फर्किएकाहरू राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय आउन थालेपछि संख्या ह्वात्तै बढेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार हाल दैनिक २५० देखि ३०० जनासम्मले राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन् । दसैँअघिको तुलनामा यो संख्या दोब्बर हो ।

‘सेवाग्राहीको सहजताका लागि सेवा समय परिवर्तन गरिएको हो’, बरालले भने ।

उनका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो समयतालिका लागू हुनेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?