+
+
Shares

माइतीघरमा ओलीविरुद्धको ब्यानर हटाएर बालेन र सुदनको राख्ने प्रयासपछि विवाद

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते २१:४६

२२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा राखिएको ब्यानर केही युवाहरू पुगेर हटाएका छन् ।

उनीहरूले ओलीको ब्यानर हटाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङलाई कारबाही गर्नुपर्ने ब्यानर समेत राखेका छन् ।

उनीहरूले ओलीको हटाएर बालेन र गुरुङको ब्यानर राखेपछि केहीबेर वादविवाद समेत भएको छ ।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनको जिम्मा तत्कालीन प्रधानमन्त्री समेत रहेका ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने भन्दै जेनजी मृतक परिवारका केही सदस्यहरूले प्रहरीमा जाहेरी दिएका थिए ।

हिजो दिएको उक्त जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाइदिएको छ ।

त्यस्तै, एमाले निकट अनेरास्ववियुले पनि आज बालेन र गुरुङविरुद्ध जाहेरी दिएको छ ।

जिल्ला प्रहरी परिसरमा दुवैतर्फको जाहेरी परेको थियो । परिसर छेउकै माइतीघर मण्डलामा ब्यानर फेर्ने प्रयास भएपछि बुधबार साँझ विवाद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?