
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले महाधिवेशनपछि पार्टी नेतृत्व पुनर्गठन हुनसक्ने बताए।
- ढकालले पार्टीभित्र पुनर्गठनको बहसप्रति असन्तुष्टि जनाए।
- उनले भने, 'शत्रु घेरिरहेको बेलामा केपी ओलीलाई उघेल्न पनि सकिन्छ कि भनेर कतिपय घरभित्रै बसेका छन्।'
२३ असोज, काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले महाधिवेशनबाट पार्टी नेतृत्व पुनर्गठन हुनसक्ने बताएका छन् ।
भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले विधान महाधिवेशनपछि विकसित घटनालाई हेरेर नेतृत्व पुनर्गठन हुन पनि सक्ने बताए ।
तर अहिले पार्टीभित्रै पुनर्गठनको बहस चलेकोप्रति ढकालले असन्तुष्टि जनाए ।
‘शत्रु घेरिरहेको बेलामा, शत्रुले आक्रमण गरिरहेका बेलामा, शत्रुहरूले हल्लाइरहेको बेला केपी ओलीलाई उघेल्न पनि सकिन्छ कि भनेर कतिपय घरभित्रै बसेका, तर घर बाहिरका प्रतिक्रियावादीहरूको एजेन्टहरू छन् भने तिनहरुको रुपहरु पनि क्रमश: उदांगिनेछन्,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4